काठमाडौं । बोरुसिया डर्टमण्डका खेल निर्देशक माईकल जोर्कले बुन्डेसलिगाको उपाधि होडमा रहन बार्यन म्युनिखलाई हराउनुपर्ने बताएका छन् ।
मंगलबार डर्टमण्डले घरेलु मैदानमा बार्यन म्युनिखलाई आतिथ्यता प्रदान गर्दैछ । सो खेल उपाधि होडमा निर्णायक साविक हुने बताईएको छ । पाहुना टोली बार्यनले लिग तालिकामा चार अंकको अग्रता लिएको छ । बार्यनले पछिल्ला १३ खेलमा १२ खेलमा जित हासिल गरेको छ ।
घरेलु टोली डर्टमण्ड समेत उच्च फर्ममा रहेको छ । डर्टमण्डले गत फेब्रुअरीमा भएको खेलमा लिभरकुसनलाई ४–३ गोल अन्तरले हराएको थियो ।
‘तिमी भविष्यवक्ता हुन पर्दैन कि यदी हामी उपाधि चाहन्छौ भने हामीले जित्नैपर्छ ।’ जोर्कले भनेका छन्, ‘अब मात्र ६ खेल बाँकी छन् । यो सरल छ । तर यो कार्यान्वयन गर्न निकै गाह्रो हुनेछ ।’
‘हामीले आफुलाई विश्वास गर्न आवश्यक छ । हामी आत्मविश्वासी हुन आवश्यक छ । हामीले बार्यनको प्रभावको अवधिलाई सामाना गर्नुपर्छ । उनीहरुसंग धेरै बल हुनेछ । हामीले राम्रोसंग प्रतिवाद गर्नुपर्छ । हामी आफ्नो क्षमताबारे सचेत हुन आवश्यक छ ।’ उनले थपे ।
‘हामीले उनीहरुबिरुद्ध सधै गोल गरेका छौ । हामी उनीहरुलाई जित्न सक्छौ ।’ उनले भनेका छन् ।
डर्टमण्डका कप्तान मार्को रियुस एक प्रमुख खेलाडी हुन्, जो खेलका लागि अनुपस्थित रहनेछन् । माट्स हुमेल्स सुरुवाती लाईनअपमै फर्कने सम्भवना उच्च छ । यस्तै एक्सल विट्सेल पनि मांशपेशीको चोटबाट मुुक्त हुँदै टिममा फर्कदैछन् ।
लिग सुरु भएपछि जाडोन साञ्चो पहिलो पटक सुरुवाती लाईनअपमा देखिन सक्नेछन् । पछिल्लो खेलमा उल्फसवर्गविरुद्ध गोलको अवसर सिर्जना गरेका साञ्चोले यस सिजनमात्र गोलका लाग १६ पटक पास उपलब्ध गराएका छन् ।
नोभेम्बरमा भएको खेलमा डर्टमण्डले बार्यनसंगको खेल ४–० ले गुमाएको थियो । तर प्रशिक्षक लुसियन फेब्रे टिमले अवस्था धेरै सुधार गरेको बताउँछन् ।
‘त्यो दिन खराब थियो ।’ फेब्रेले भने, ‘हामी अझ राम्रो टिम बनेका छौ । हामी धेरै ढाचामा खेल्न सक्छौ । हामीले दुई महत्वपूर्ण हस्ताक्षर समेत गरेका छौ । हामी अहिले राम्रो अवस्थामा छौ ।’
डर्टमण्डको फरवार्ड लाईनमा ईर्लिङ हाल्याण्ड रहनेछन् । उनी पहिलो पटक बार्यनका फरवार्ड रोबर्ट लेवान्डोस्कीबिरुद्ध मैदानमा उत्रदैछन् । ‘हाल्याण्ड युवा छन् । तर उनी गोल गर्ने दिशामा निकै अगाडी बढेका छन् ।’ डर्टमण्ड प्रशिक्षकले भने, ‘उनी भोका छन् । उनी अग्ला छन् । हामी उनलाई मात्र हेर्ने छैनौ ।’ एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १३ मंगलबार
Comments