काठमाडौं । ईन्टर मिलानका फरवार्ड इभान जामोरानोले बार्सिलोनाले स्टार लौटारो मार्टिनेजलाई किन्न नसक्ने बताएको छन् ।
अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी मार्टिनेज स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडसंग जोडिएका छन् । उनले यस सिजन मात्र ३३ खेलमा १८ गोल गरेका छन् ।
ईन्टर मिलानले मार्टिनेजको विकल्पको रुपमा पेरिस सेन्ट जर्मेन ९पीएसजी०का फरवार्ड ईडिन्सन काभानीलाई अनुबन्ध गर्न खोजिरहेको छ ।
तर ईन्टरकै फरवार्ड जामोरानोले मार्टिनेज अर्को सिजन समेत क्लबमै बस्नेमा कुनै शंका नरहेको बताए । उनले कोरोना भाईरसको महामारीले आर्थिक संकटबाट जुग्रिरहेको बार्सिलोनाले मार्टिनेज किन्न नसक्ने बताए ।
‘म वास्तवमै चाहन्छु, उनी ईन्टरमै बस्नेछन् । उनी २२ बर्षका युवा छन् । मार्टिनेजको तुलनामा काभानी ११ बर्ष बढी उमेरका छन् । उनलाई अलग अलग क्लबको अनुभव रहेको छ । तर काभानी आउने कुरा दुई खेलाडीको सरुवामा कुनै अर्थ राख्दैन ।’ मेक्सिकन मिडियामा उनले भनेका छन् ।
‘बार्सिलोनालाई आर्थिक समस्या छ । जसले उसलाई मार्टिनेज अनुबन्धमा अनुमती प्रदान गर्नेछैन । त्यसैले मलाई लाग्छ उनी ईन्टरमै बस्नेछन् । मलाई यसमा कुनै शंका छैन ।’ उनले थपे ।
‘काभानी सुरु गर्नका लागि एक विकल्प हुन सक्छन् । केही हल्ला पनि छन्, एलेक्सिस साञ्चेज म्यान्चेष्टर फर्कनेछन् र फरवार्ड लाईनमा काभानीले उनको स्थान लिनेछन् ।’ जामोरानाले भने । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ १२ सोमबार
Comments