काठमाडौं । ईन्टर मिलानले उरुग्वेका फरवार्ड ईडिन्सन काभानीलाई तीन बर्ष अनुबन्धको प्रस्ताव राख्ने तयारी गरेको छ । युरोपका ठुला क्लबले चासो राखिरहेका काभानीलाई ईन्टरले तीन बर्षका लागि प्रस्ताव राख्ने तयारी गरेको हो ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्डलाई प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेड, न्युक्यासल युनाईटेड, स्पेनिस क्लब एट्लेटिको मड्रिडले चासो राखिरहेका छन् । तर ईन्टर काभानीको दौडमा अगाडी देखिएको छ । काभानीको पीएसजीसंगको सम्झौता अर्को महिना सकिदैछ ।
ईन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले काभानीको भविष्य ईटालीमा सुरक्षित गर्न तीन बर्षको प्रस्ताव अघि बढाउने तयारी गरेका हुन् ।ईटालीका अन्य क्लबमा काभानीको विगतको प्रर्दशनलाई हेरेर ईन्टरले उरुग्वेका खेलाडी हस्ताक्षर गर्न चाहेको छ । सोही कारण ३३ बर्षका फरण्वार्डलाई ईन्टरले ३ बर्षको अनुबन्धन प्रस्ताव पेश गर्न लागेको हो ।
न्युक्यासल समेत काभानीलाई बढी समयको प्रस्ताव दिन तयार देखिन्छ । तर ईटालियन क्लबले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना प्रवल छ ।
म्यान्चेष्टर युनाईटेड र एट्लेटिको मड्रिड समेत काभानी अनुबन्धको दौडमा छन् । तर लामो समयको प्रस्ताव काभानीका लागि बढी आकर्षक हुन सक्ने बताईएको छ ।
उनी गत जनवरीमै लण्डन क्लब चेल्सीसंग जोडिएका थिए । तर सरुवामा खासै प्रगति हासिल नभएपछि उनी पेरिसमै सम्झौता सक्न प्रतिबद्ध देखिएका थिए ।
गत महिना सार्वजनीक रिपोर्ट अनुसार काभानी पीएसजीसंग सम्झौता नविकरणमा ईच्छुक देखिएका थिए । क्लब समेत खेलाडी सरुवाको रकम बचाउन काभानीसंग सम्झौता नविकरण गर्न ईच्छुक देखिएको थियो । तर पछिल्लो समय सम्झौता नविकरणमा क्लबबाट खासै आकर्षक प्रस्ताव नआएपछि काभानीले नयाँ गन्तव्य खोजिरहेका छन् ।
उरुग्वेका फरवार्डले सबै प्रतियोगितामा यस सिजन ७ गोल गर्नुका साथै ३ गोलको अवसर सिर्जना गरेका छन् । कोरोना भाईरसको महामारीका कारण यस सिजन फ्रान्सको लिग वान रद्ध गर्दै पीएसजीलाई उपाधि हस्तान्तरण गरिएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ ११ आइतबार
Comments