काठमाडौं । दोस्रो हाफको चार गोल गर्दै हर्थ बर्लिनले बुन्डेसलिगामा युनियन बर्लिनलाई ४–० गोल अन्तरले हराएको हो । नोभेम्बरमा पूर्व र पश्चिम बर्लिनबीच भएको पहिलो बुन्डेसलिगा भेटको सुरुवाती १० मिनेट समर्थकले मैदानमै अतिशबाजी गर्दै खेल अबरुद्ध गरेका थिए ।
ओलम्पिक रंगशालामा शुक्रबार राति भएको बर्लिन डर्बीमा हर्थले प्रभावशाली प्रर्दशन गर्दै जित आत्मसाथ गरेको हो । उसले पहिलो भेटमा ब्यहोरेको हारको बदला समेत लिन सफल भएको छ ।
खेलको ५१ औं मिनेटमा अनुभवी फरवार्ड बेद ईबिसविकले मार्भिन प्लेटेनहार्टको शानदार क्रसलाई सुदुपयोग घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लगत्तै अर्को मिनेटमा डोडी लुकेबाकियोले अग्रतालाई दोब्बर बनाए ।
सान्तोष कार्नेईरो दा कुन्हाले ६१ औं मिनेटमा हर्थलाई ३–० को अग्रता दिलाए । म्यान्चेष्टर सिटीका डिफेन्डर डेडरिक बायटाले ७७ औ हेडमार्फत गोल गर्दै ४–० को नतिजा निकाले ।
सन् २०१३ पछि हर्थले घरेलु मैदानमा सबैभन्दा ठुलो जित आत्मसाथ गरेको हो । जितसंगै हर्थ ३४ अंक सहित तालिकाको दशौं स्थानमा उक्लिएको छ । युनियन बर्लिन ३० अंक सहित १२ औं स्थानमा यथावत छ । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ शनिबार
Comments