काठमडौं । लिभरपुलले ब्राजिलका युवा प्रतिभा टाईस माग्नोलाई अनुबन्ध गर्ने तयारी गरेको छ । ब्राजिलका १७ बर्षका युवा स्टार माग्नोलाई प्रिमियर लिग क्लब लिभरपुलले अनुबन्ध गर्ने लक्ष्य राखेको हो ।
लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले १७ बर्षका माग्नोलाई अर्का नेयमारको रुपमा ब्याख्या गरेका छन् । माग्नोले ब्राजिली क्लब भास्को डा गामा र ब्राजिली यू–१७ टिमबाट उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । भास्कोले आर्थिक समस्यामा परेका कारण १७ बर्षका स्टारलाई बेच्न चाहेको छ । ब्राजिली क्लबले यसअघि निकै प्रतिभावान खेलाडी मानिएका पाउलिन्होलाई सन् २०१८ मा बायर लिभरकुशनमा बेचेको थियो ।
क्लबले पुन आफुहरु आर्थिक समस्यामा रहेको कारण देखाउँदै खेलाडी बेच्न चाहेको बताएको छ । सोही अनुरुप माग्नोमाथि प्रिमियर लिग क्लब लिभरपुलले अनुबन्धमा चासो राखेको छ ।
माग्नोलाई ब्राजिलको नयाँ प्रतिभाको रुपमा हेरिएको छ । उनी लिभरपुलका आक्रमक खेलाडी रोबर्टो फिर्मिन्होको जस्तो भुमिकामा देखिदै आएका छन् ।
लिभरपुलले माग्नो अनुबन्धमा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । यसअघि बेन्फिकाले उनलाई अनुबन्धमा चासो राखेको थियो । बेन्फिाकाले राखेको साढे २ मिलियन पाउण्डको प्रस्तावलाई भास्कोले अस्विकार गरेको थियो ।
माग्नाले ब्राजिली यू–१७ टिमबाट १० खेलमा ५ गोल गरेका छन् । उनले बेलायतबाट खेल्ने अनुमती समेत पाउने छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ ३ शनिबार
Comments