काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको जर्मन फुटबल लिग बुन्डेस लिगा यसै महिना सुरु हुने भएको छ। जर्मन चान्सलर एन्जेला मर्केलले नै लिग सुरु गर्ने विषयमा अनुमति दिएकी छिन्।
यही योजनामा मे १५ मा लिग सुरु भएमा युरोपभर रोकिएका लिगहरुमा सबैभन्दा पहिले बुन्डेस लिगा नै सुरु हुनेछ। सबै खेलहरु दर्शकबिना बन्द रंगशालामा खेलिने छ। जर्मन फुटबल लिग (डिएफएल) रोकिएको लिग सुरु गर्ने तयारी गरिरहँदा कोलन क्लबका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि लिगको मिति पछाडि धकेलिएको थियो।
रोकिएका बुन्डेस लिगा र सेकेन्ड डिभिजन सक्नका लागि जर्मन फुटबल लिगले ३६ व्यवसायिक क्लबसँग छलफल गरेको थियो। जसअनुसार लिग मे ९ तारिखदेखि पुनः सुरु गर्ने तयारी भइरहेको थियो।
मार्च महिनाको मध्यदेखि नै कोरोना भाइरसका कारण बुन्डेसलिगा रोकिएको हो। लिगमा २५ खेल सकिँदा ५५ अंकसहित बायर्न म्युनिख शीर्ष स्थानमा रहेको छ। कोलन ३२ अंकसहित १०औँ स्थानमा छ। एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख २५ बिहिबार
Comments