काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएको ला लिगा लिग जुन महिनाबाट सुरु गर्ने तयारी गरिएको छ ।
स्पेनिस ला लिगा आयोजकले स्थगित बनेको सिजनका बाँकी खेल जुनबाट सुरु गर्ने लक्ष्य राखेको हो । क्लवहरुलाई सामाजिक दुरी कायम राखेर प्रशिक्षण गर्न स्पेनिस सरकारले नै स्विकृती दिइसकेको छ ।
स्पेनिस फुटबलले खेलाडीको प्रशिक्षणमा बनाएको नियमलाई स्पेनको स्वास्थ्य तथा खेलकुद मन्त्रालयले स्विकृत गरेको छ । प्रशिक्षण अगाडी सबै खेलाडीलाई संक्रमणको परिक्षण गरिनेछ । सोही अनुसार यसै हप्ताबाट प्रशिक्षण सुरु गर्ने तयारी गरिएको हो ।
कोरोना भाइरसका कारण स्पेनिस फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको थियो । गत मार्चमा स्पेनिस फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको थियो । ला लिगामा ११ चरणको खेल बाँकी रहेको छ । लिगमा बार्सिलोना शिर्ष स्थानमा रहेको छ भने रियाल मड्रिड दोस्रो स्थानमा छ ।एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख २४ बुधबार
Comments