काठमाडौं । स्पेनिस ला लिगा जुनबाट सुरु गर्ने तयारी गरिएको छ । आयोजकले स्थगित बनेको सिजनका बाँकी खेल जुनबाट सुरु गर्ने लक्ष्य राखेको हो । कोरोना भाईरसका कारण स्पेनिस फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको थियो । क्लबहरु यसै साता प्रशिक्षणमा फर्कने तयारी छ ।
शीर्ष दुई डिभिजनका खेलाडीहरु व्यक्तिगत रुपमा अभ्यासमा सहभागी हुनेछन् । खेलाडी र स्टाफको स्वास्थ्यको सुनिश्चितता गर्दै स्पेनको खेलकुद र स्वास्थ्य अधिकारीले सम्झौता गरेका थिए । सोही अनुसार यसै हप्ताबाट प्रशिक्षण सुरु गर्ने तयारी गरिएको हो ।
अभ्यासमा फर्कनुअघि सम्पूर्ण खेलाडीको परिक्षण गर्ने तयारी गरिएको छ । गत मार्चमा स्पेनिस फुटबल अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।
शीर्ष डिभिजनका क्लबले प्रशिक्षणको विस्तृत योजना बनाएका छन् । सुरुवातमा व्यक्तिगत, सानो समूह हुँदै टिम प्रशिक्षणको सत्र सुरु गरिने बताईएको छ ।
ला लिगामा ११ चरणको खेल बाँकी रहेको छ । बार्सिलोना लिगको शीर्ष स्थानमा छ । प्रतिद्धन्दी रियल २ अंकले पछि पर्दै दोस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख २३ मंगलबार
Comments