काठमाडौं । चेल्सीका विङ्गर पेड्रोले अर्को सिजनका लागि आफुलाई धेरै क्लबबाट प्रस्ताव आएको दाबी गरेका छन् । स्टामफोर्डब्रिज क्लबसंग सम्झौता सकिन लागेका पेड्रोले धेरै क्लबले नयाँ सिजनका लागि आफुलाई प्रस्ताव गरेको बताएका हुन् ।
३२ बर्षका स्पेनिस स्टारको लण्डन क्लबसंगको सम्झौता यसै सिजन सकिदैछ । ब्राजिली स्टार विलियनसंग समेत चेल्सीको सम्झौता यसै सिजन सकिन लागेको छ । रोमा, रियल वेटिस लगायतका क्लबले पेड्रो अनुबन्धमा ईच्छा देखाएका छन् । उनी ५ बर्ष अघि स्पेनिस क्लब बार्सिलोनाबाट चेल्सी आएका थिए ।
कोरोना भाईरसका कारण सबै कुरा प्रभावित छन् । सोही कारण चेल्सीसंगको छलफलको प्रतिक्षा गरेर बसेको छु । पेड्रोले भनेका छन् ।
मलाई थाहा छ, सम्झौता सकिन लागेको छ । तर अहिलेसम्म हामी यस बिषयमा छलफल गर्न बसेका छैनौ । नविकरण जारी राख्ने वा नराख्ने भन्ने बिषयमा निर्णय गर्न बाँकी छ । उनले भने । क्लबसंग छलफलको प्रतिक्षामा छु । तर अन्य प्रस्तावहरु सुन्न समेत तयार छु । पेड्रोले भने, अहिलेको सम्झौता सक्नुनै मुख्य प्राथमिकता हो । त्यसपछि हेरौ के हुन्छ । उनले स्पेन फर्कने बिषयमा केही प्रस्ट उत्तर दिएनन् ।
उनले भने, मलाई केही थाहा छैन । मलाई धेरै क्लबबाट प्रस्ताव आएका छन् । मैले सबै कुराको तुलना गरिरहेको छु । साँचो कुरा भनेको कसरी अगाडी बढ्ने भन्ने बिषय थाहा छैन । स्पेनिस खेलाडी पेड्रोले चेल्सीबाट साप्ताहिक १ लाख पाउण्ड प्राप्त गर्दै आएका छन् । जुलाईमा ३३ बर्ष पुग्न लागेका पेड्रो कम्तिमा सोही रकम प्राप्त गर्ने लक्ष्यमा हुनेछन् ।
अन्य धेरै खेलाडीको सरुवालाई हेर्दा उनलाई नयाँ क्लबबाट अहिलेको कमाईको २५ प्रतिशत कम रकमको प्रस्ताव आउन सक्ने अनुमान गरिएको छ । पेड्रोले अन्य क्लबबाट साप्ताहिक रुपका कम्तिमा ७६ हजार डलरको अपेक्षा गर्नेछन् । कोरोनाले प्रभावित सिजनमा पेड्रोले मात्र ८ खेलमा लण्डन क्लबबाट खेल्न पाएका छन् ।
चेल्सीमा उत्कृष्ट प्रर्दशन गरिरहेका क्रिस्टियन पुलिसिक, क्यालुम हुडसन ओडिई र अजाक्स स्टार हाकिम जिचको आगमनले पेड्रोसंगको सम्झौता नविकरण नहुने धेरैको आशंका छ । स्पेनिस स्टार जुनपछि सुरुवाका लागि स्वतन्त्र हुनेछन् । उनलाई रोमाले अनुबन्धन गर्न सक्ने सम्भावना प्रवल छ । एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख २२ सोमबार
Comments