काठमाडौं । महिला युरोकप फुटबलको मिति टुङ्गो लागेको छ । युरोपेली फुटबल महासंघ युईएफएले सन् २०२१ मा हुने तय भएको महिला युरोकप एक बर्ष पछि सार्दै नयाँ मिति टुङ्गो लगाएको हो ।
युईएफएले तय गरेको नयाँ समय अनुसार युरोकप अब सन् २०२२ को जुलाई ६ देखि ३१ सम्म संचालन हुनेछ । प्रतियोगिता यसअघिनै ईङ्ल्याण्डमा हुने तय भईसकेको छ ।
यसअघिनै पुरुष युरोकप र टोकियो ओलम्पिक एक बर्षका लागि सरिसकेको छ । कोरोना भाईरसको कारण देखाउँदै दुवै प्रतियोगिता एक बर्षका लागि सरेको हो ।
प्रतियोगिता पुर्व निर्धारित खेल स्थलमै संचालन गर्ने तयारी छ । महिला युरोकपको नयाँ मिति सार्वजनीक भएसंगै सन् २०२२ को समरका दुई महिला प्रतियोगिता रोकिने भएको छ । तीन युरोपेली टिम ईङ्ल्याण्ड, नेदरल्याण्ड र स्विडेन यसअघिनै ओलम्पिकमा छनोट भईसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ बैशाख १० बुधबार
Comments