काठमाडौं । बार्सिलोनाका मिडफिल्डर इभान राकिटिकले कोरोना भाईरसको कारण ला लिगाको सिजन नसकिए बार्सिलोना च्याम्पियन हुने बताएका छन् ।
कोरोनाको कारण लिग स्थगित रहदासम्म लिगको शीर्ष स्थानमा रहेको कारण बार्सिलोना च्याम्पियन हुनु पर्ने राकिटिकको दाबी रहेको छ । हामी फेरी खेल्न चाहन्छौं र लिग जित्न चाहन्छौं, क्रोएसियाका अट्याकिङ मिडफिल्डर राकिटिकले मुभिस्टारलाई भने, यदि खेलमा फर्कन सक्दैनौं भने सिजन अन्त्य हुनेछ । यदि हामी माथि छौं भने हामी च्याम्पियन हुनुपर्छ ।
कोरोनाको महामारीको कारण स्पेनिस ला लिगा अनिश्चितकालका लागि स्थगित गरिएको छ । लिग स्थगित हुनु अघि बार्सिलोना शीर्ष स्थानमा रहेको छ । यस सिजन बार्सिलोना रियल मड्रिड भन्दा मात्र २ अंकले अघि रहेको छ । बार्सिलोनाले २७ खेलमा ५८ अंक जोडेको छ । रियलको ५६ अंक रहेको छ ।
यस्तै राकिटिकले आफुले क्लब छाड्ने योजना नबनाएको समेत बताए । उनले आफु क्लबमा खुसी रहेको र राम्रो गर्न चाहेको समेत बताए । एजेन्सी
प्रकाशित मितिः २०७६ बैशाख ८ सोमबार
Comments