काठमाडौं । बार्सिलोनाका मुख्य प्रशिक्षक किके सेटिनले कप्तान लियोनल मेस्सीले खेल जीवनको अन्त्य बार्सिलोनाबाट गर्ने बताएका छन् ।
स्पेनिस टेलिभिजन टिभी३- सँग कुरा गर्दै प्रशिक्षक सेटिनले स्टार फरवार्ड मेस्सी खेल जीवन भर बार्सिलोना रहने बताएका हुन् । मलाई लाग्दैन कि मेस्सी जस्ता खेलाडीले क्लबमा बस्ने बारे पुर्नविचार गर्नेछ । मलाई पक्का विश्वास छ उनले क्याम्प नाउमा आफ्नो खेल जीवन समाप्त गर्नेछन्, उनले भने ।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सीले अहिलेसम्म बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । अर्जेन्टिनाका फरवार्ड मेस्सीले क्लबका लागि सबै उपाधि जितिसकेका छन् ।
कीर्तिमानी ६ पटकको बालोन डीुओर विजेता मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता हुन् । उनले क्लबका लागि च्याम्पियन्स लिग, ला लिगा, क्लब विश्वकप, कोपा डेल रे लगायतका सबै उपाधि जितिसकेका छन् ।
यस्तै सेटिनले यस सिजनको ला लिगाको उपाधि समेत जित्ने बताए । म ला लिगा च्याम्पियन बन्न चाहन्छु । मलाई थाहा छैन हामी यसलाई समाप्त गर्न सक्दैनौ भने के हुन्छ । तर, रियल मड्रिड पनि अगाडी रहेकोले पूर्ण रुपमा च्याम्पियन महसुस गर्न सक्दिन,सेटिनले थपे ।
कोरोना भाईरसको कारण ला लिगा अनिश्चित कालका लागि स्थगित गरिएको छ । यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । बार्सिलोना रियल भन्दा मात्र २ अंकले अघि रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ बैशाख ४ बिहिबार
Comments