काठमाडौं। रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान समर ट्रान्सफरमा लिभरपुलका स्टार साडियो मानेलाई अनुबन्ध गर्न चाहन्छन् । प्रशिक्षक जिदान सेनेगल फरवार्डलाई मोटो रकममा प्रिमियर लिग क्लबबाट स्पेन ल्याउन ईच्छुक देखिएका छन् ।
लिभरपुल स्टार माने रियल गएको अवस्थामा एनफिल्ड क्लबले सेनेगल फरवार्डको विकल्पको रुपमा केलियन एम्बाप्पेलाई अनुबन्ध गर्ने विकल्पको खोजी गरेको छ ।
रियल मड्रिडका प्रमुख जिजो २८ बर्षिया सेनेगल स्टारका ठुला प्रशंसक हुन् । उता एनफिल्ड क्लब समेत मानेलाई बाहिर पठाउने विकल्पमा खुल्ला छ ।
मानेले लिभरपुलसंग करिब १८ महिना अघि हप्ताको एक लाख ५० हजार पाउण्डको तलबमा नयाँ सम्झौता गरेका थिए । नयाँ सम्झौता अनुसार उनी सन् २०२३ सम्म लिभरपुलमै रहनेछन् ।
ईङ्लिस मिडियाका अनुसार मानेका प्रतिनिधिले सम्भावित सरुवाका बिषयमा अनौपचारिक छलफल गरिसकेका छन् ।
माने लिभरपुल छाड्ने बिषयलाई खासै महत्व दिएका छैनन् । तर लिभरपुल मानेलाई मड्रिड क्लब पठाउन तयार देखिएको छ । गत बर्षमात्र रियल मड्रिडले लिभरपुल स्टार मोहमद सलाहा अनुबन्धमा चासो राखेको थियो ।
लिभरपुलले मानेका लागि १ सय ५० मिलियन पाउण्डको अपेक्षा गरेको छ । तर एनफिल्ड क्लबले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार केलियन एम्बाप्पेका लागि थप सय मिलियन पाउण्ड थप्नुपर्नेछ ।
गत डिसेम्बरमा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्नो क्लब केलियन एम्बाप्पेलाई प्रस्ताव गर्न सक्षम रहेको बताएका थिए । खेल सामाग्री प्रायोजकको रुपमा नाईकसंग जोडिनु अघि क्लोपको सो भनाई आएको थियो ।
अमेरिकन कम्पनीबाट लिभरपुलले बार्षिक सय मिलियन पाउण्ड प्राप्त गर्नेछ । लिभरपुलले गत फेब्रुुअरीमा कीर्तिमानी ५ सय ३३ मिलियन पाउण्ड कमाई गरेको थियो । जसबाट ४२ मिलियन पाउण्ड नाफा गरेको थियो ।
यदी एम्बाप्पेलाई हप्ताको ४ लाख पाउण्डको ब्यवस्था गर्न सकेको अवस्थामा लिभरपुलले फ्रान्सेली स्टारलाई अनुबन्धको प्रस्ताव गर्न सक्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ बैशाख ३ बुधबार
Comments