काठमाडौं । बार्सिलोनाका स्टार लियोनल मेस्सीले कोरोना भाईरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् । मेस्सीले इन्स्टाग्रामबाट कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी अहिलेको नायक रहेको भन्दै उनीहरुको कामबाट आफु कृतज्ञ भएको बताएका छन् ।
हिजोबाट यो हप्ताको विश्व स्वास्थ्य कार्यकर्ताको युनिसेफसँगको सहकार्य अन्त्य भयो र म उनीहरूले गरेको कामका लागि गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु, मेस्सीले भनेका छन् ।
६ पटकको बालोन डीुओर विजेता अर्जेन्टिनाका मेस्सी युनिसेफका सद्भावना दुत हुन् । मेस्सीले युनिसेफसँग मिलेर सामाजिक कार्यहरु गर्दै आईरहेका छन् ।
मेस्सीले यो समय स्वास्थ्यकर्मीहरु आफ्नो परिवार भन्दा टाढा रहेर कोरोनाबाट बचाउन लागि परेको भन्दै उनीहरु नायक भएको समेत लेखेका छन् ।
गुमनाम नायकहरू जसले दिन र रात उनीहरूका परिवारलाई टाढा राख्छन् । ताकी हामी कोभिड(१९ बाट सुरक्षित रहन सक्छौं,मेस्सीले लेखेका छन् ।
कोरोनाको कारण विश्व त्रसित रहेको छ । र, कोरोनाको कारण विश्वभर १ लाख बढी मानिसको ज्यान गईसकेको छ । चीनबाट सुरु भएको कोरोनाको संक्रमणविरुद्ध लड्न मेस्सीले आर्थिक सहयोग समेत गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ बैशाख १ सोमबार
Comments