काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले मैदान फर्कन आफु आतुर रहेको बताएका छन् ।
चोटका कारण लामो समय मैदान बाहिर रहेका पोग्बाले आफु फिट भईसकेको र मैदान फर्कन आतुर भएको बताएका हुन् । उनले लामो समय मैदान बाहिर रहदा आफुलाई निराशा छाएको समेत बताए ।
म लगभग त्यहाँ छु । म मात्र टिमसँग प्रशिक्षणको लागी सोचिरहेको छु, युनाइटेडको पडकास्टमा उनले भने,तपाई गलत सोच्नु हुन्छ तर मेरो करियरमा मैले कहिल्लै सोचिन् । म सधै राम्रो तरिकाले सोच्ने गर्छु । जसको कारण मलाई फर्कन र राम्रो गर्ने भोको हुन्छ । यसले मलाई देखाउँदछ कि म कति फुटबललाई प्रेम गर्दछु।
विश्वकप विजेता फ्रान्सेली मिडफिल्डर पोग्बाले गत जनवरीमा खुट्टाको चोटको शल्यक्रिया गरेका थिए । उनले डिसेम्बर २६ बाट खेलेका छैनन् ।
यस्तै कोरोना भाईरसको महामारीको कारण प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ । कोरोनाको महामारी कायम रहेको कारण अप्रिल अन्तिमबाट समेत लिग सुचारु नहुने देखिएको छ ।
तर, पोग्बाले आफु चाडै मैदान फर्कने बताएका छन् । उनले आफु पूर्ण रुपमा ठिक भएको समेत बताए । मैले एउटा अप्रेसन गर्नुपर्यो र अब म यहाँ छु । मलाई केही महसुस हुदैन र आशा छ म छिट्टै फर्किनेछु, उनले भने । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र ३० आइतबार
Comments