काठमाडौं । जर्मन क्लब हेर्था बर्लीनले मुख्य प्रशिक्षकमा ब्रुनो लाब्बडियालाई नियुक्त गरेको छ । बर्लीनले बिहिबार ५४ वर्षे प्रशिक्षक ब्रुनोलाई नियुक्त गरेको जनाएको छ । क्लबले उनलाई नियुक्ति गर्ने प्रक्रिया कोरोना भाईरसको कारण लिग स्थगित हुनु अघिबाटै गरेको थियो । योर्गेन क्लिन्सम्यानले मुख्य प्रशिक्षकबाट राजिनामा दिएपछि क्लब प्रशिक्षक विहीन रहेको थियो ।
जर्मनीका प्रशिक्षक ब्रुनोले गत सिजन वुल्फबर्गलाई प्रशिक्षक दिएका थिए । अनुभवी प्रशिक्षक ब्रुनोले यस अघि बायर लिभरकुसेन, स्टुटगार्ड लगायतका क्लब हेरिसकेका छन् । यस सिजन कोरोनाले लिग स्थगित हुनु अघि बर्लीन १३ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र २८ शुक्रबार
Comments