काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले खेलाडीको तलब २० प्रतिशतसम्म कटौती गर्ने भएको छ । क्लबको आम्दानीमा गिरावट आएपछि रियल मड्रिडले खेलाडीको तलब १० देखि २० प्रतिशतसम्म कटौती गर्ने भएको हो ।
स्पेनिस लिग मार्चसम्मका लागि स्थगित भएको छ । कोरोनाको प्रभावका कारण लिग सञ्चालन अनिश्चित बनेको छ । पछिल्लो बिग्रदो अवस्थालाई हेरेर रियलले फुटबल टिम र बास्केटबल टिमका खेलाडीको तलबमा कटौती गरेको हो ।
ुरियल मड्रिडको फुटबल क्लब र बास्केटबलको पहिलो टिमका खेलाडी, प्रशिक्षक र कप्तानको तलब १० देखि २० प्रतिशत कटौती गर्न क्लबको बोर्ड बैठकले सहमती गरेको छ ।ु क्लबले जारी गरेका बिज्ञप्तीमा भनिएको छ ।
ुखेलाडी, प्रशिक्षक र कर्मचारीद्धारा स्विकार गरिएको यस निर्णयले यस कठिन अवस्थामा संस्थाको लक्ष्य प्राप्तिमा ठुलो सहयोग पुग्नेछ ।ु क्लबले भनेको छ । रियलले यस कठिन अवस्थामा साथ दिने सबैमा धन्यवाद समेत ज्ञापन गरेको छ ।
रियल मड्रिडको सहरीप्रतिद्वन्दी एट्लेटिको मड्रिड र बार्सिलोनाले यसअघिनै खेलाडीको तलब कटौती गर्ने घोषणा गरेका छन् । उनीहरुले पहिला टिमको तलब ७० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र २७ बिहिबार
Comments