१४ मंसिर, काठमाडौं । महिला टि–२० एसिया कपअन्तर्गत बंगलादेशविरूद्ध नेपालले जीतका लागि १ सय ३४ रन बनाउनु पर्ने भएको छ। थाइल्यान्डको राजधानी बैंककमा हाल भइरहेको खेलमा बंगलादेशले पहिलो ब्याटिङ गर्दै नेपालविरूद्ध ४ विकेटको क्षतिमा १ सय ३३ रन बनायो। नेपालका लागि संगीता राईले २, कप्तान रुबिना क्षेत्री र सिता रानामगरले १–१ विकेट लिए।
बंगलादेशका प्रारम्भिक खेलाडी सन्जिदा इस्लाम र निगार सुल्तानाले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए। सन्जिदाले ३५ तथा निगारले ३९ रन बनाका थिए। नेपालले यसअघि बंगलादेशविरूद्धको दुवै खेलमा पराजय भोगेको छ। दुवै खेलमा बंगलादेशले २६ रनमा नेपाललाई अलआउट गरेको थिए।
Comments