काठमाडौं । जर्मन क्लब वायर्न म्युनिखले आज सोमबार बाट प्रशिक्षण थाल्ने भएको छ । वायर्नले कोरोना भाईरसको संक्रमण र सरकारको निर्देशन अनुशरण गर्दै सोमबारबाट टिमको तयारी सुरु गर्ने जनाएको छ । सानो समूह बनाएर टिमको तयारी गर्ने वायर्नले जनाएको छ ।
सानो समूह बनाएर वायर्न म्युनिखको पहिलो टिमको प्रशिक्षण सोमबारबाट सुरु हुनेछ, वायर्नले भनेको छ,सरकारी नीति र सान्दर्भिक अधिकारीहरूसँगको समन्वयमा गरिनेछ । सरकारको नियम कडाइका साथ पालना हुनेछ। कोरोनाको कारण बुन्डेस लिगा फुटबल अनिश्चित कालका लागि स्थगित गरिएको छ । एजेन्सी
प्रकाशित मितिः२०७६ चैत्र २४ सोमबार
Comments