काठमाडौं । पूर्व भारतीय स्टार क्रिकेटर युवराज सिंहले कोरोना महामारीसंग लड्न ५० लाख आर्थिक सहयोग घोषणा गरेका छन् । उनले शनिबार साँझ प्रधानमन्त्री कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका हुन् ।
भारतीय अलराउण्डरले महामारीबिरुद्व सबै एकजुट हुन अपिल समेत गरेका छन् । कोरोना महामारीबाट भारतमा ३५ सय बढी मानिस संक्रमित भएका छन् भने ८० बढी मानिसले ज्यान गुमाएका छन् ।
युवराजले ट्वीटर ह्याण्डलमा लेखेका छन्, ुयस एकता देखाउनेवाला दिनमा प्रधानमन्त्री रक्षा कोषमा ५० लाख रुपैयाँ दान दिने बाचा गर्छु । कृपया तपाईपनि आफ्नो तर्फबाट सक्दो योगदान गर्नुहोस ।
उता अनुभवी अफ स्पिनर हरभजन सिंह र उनकी पत्नी गीता बसराले अलडाउनको समयमा आवश्यक पर्ने विपन्न परिवारलाई सहयोग गर्ने भएका छन् । उनीहरुले जलन्धरमा करिब ५ हजार परिवारलाई यस कठिन परिस्थितीमा खाद्यान्न उपलब्ध गराउने भएका छन् । एजेन्सी
प्रकाशित मितिः२०७६ चैत्र २४ सोमबार
Comments