काठमाडौं । विश्व फुटबल महासंघ फिफाले फुटबलमा सहयोगका लागि कोष खडा गर्ने भएको छ । फिफाले कोरोना भाइरसका कारण धेरै खेलाडी र प्रतियोगिताहरुलाई मार परेकाले सहयोगका लागि कोष खडा गर्ने भएको हो ।
कोरोनाका कारण विश्व फुटबलमा ठुलो आर्थिक असर परेको र फिफाले उनीहरुको सहायता गर्ने सोचका साथ यो कोष खडा गर्ने बताइएको छ ।
फिफाका प्रवक्ताले विश्व फुटबलको सर्वोच्च संस्था फिफा आर्थिक रुपमा बलियो रहेकाले कठिन समयमा यो खेलमा रहेका खेलाडी, लिगलाई सहयोग गर्नु कर्तब्य रहेको जानकारी दिए ।
प्रकाशित मितिः२०७६ चैत्र १९ बुधबार
Comments