काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले मेडिकल सामान भण्डारनका लागि स्यान्टियागो वर्नवेउ रंगशाला दिने भएको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाईरसको उपचारका लागि आपूर्ती भएका सामान भण्डारनका लागि रियलले स्थानिय अस्पताललाई रंगशाला प्रयोग गर्न दिने निर्णय लिएको हो ।
खेलकुद मन्त्रालयसंगको सहकार्यमा रियलले चिकित्सक कर्मचारीलाई आवश्यक पर्ने मेडिकल सामान आफ्नो रंगशालामा राख्न दिने छ । करिब ८१ हजार दर्शक क्षमताको रंगशाला रियलले कोरानाबिरुद्वको अभियानमा उपलब्ध गराएको हो ।
यस्तै, रियलले कम्पनी र व्यापारिक नेतृत्वले अस्पतालका लागि गरेको सहयोग पारित गर्न सहयोग गर्ने भएको छ । कोरोनाको संक्रमणबाट स्पेनमा ३ हजार ४ सय ३४ जनाको ज्यान गएको छ । कोरोनाबाट युरोपको ईटाली सबैभन्दा धेरै प्रभावित छ ।
यस्तो अवस्थामा स्पेनिस महारथी क्लबले आधिकारिक रुपमा आफ्नो वेवसाईटमार्फत सहयोगको अपिल गरेको हो । ‘महामारीको बिरुद्वको लडाँईमा आवश्यक मेडिकल सामान आपूर्ती भण्डारनका लागि स्याटियागो वर्नवेउको स्थान उपलब्ध गराउन तयार छौ ।’ रियलले बिज्ञप्तीमा भनेको छ ।
कोरोनाकै कारण क्लबका पूर्व अध्यक्ष लोरेन्जो साञ्जको समेत निधन भएको थियो । अन्य रोगबाट समेत ग्रसित लोरेन्जोको गत शनिबार निधन भएको थियो ।
महामारीका कारण ला लिगा अनिश्चितकालका लागि स्थगित छ । लिगको पाँचौ स्थानको गेटाफेले समेत स्थानीय अस्पताललाई भण्डारनमा सहयोग गर्ने घोषणा गरको थियो । एजेन्सी
प्रकाशित मितिः२०७६ चैत्र १४ शुक्रबार
Comments