काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाइ गर्ने खेलाडीको पहिलो स्थानमा परेका छन् । मेस्सी सन् २०१९ मा सर्वाधिक कमाइ गर्ने विश्वका ५० खेलाडीमध्ये शीर्ष स्थानमा परेका हुन् । उनले गएको वर्ष झण्डै १२७ मिलियन युरो कमाइ गरेका छन् ।
यस्तै, पोर्चुगल तथा युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो सर्वाधिक कमाइ गर्ने खेलाडीको दोस्रो स्थानमा परेका छन् । उनले २०१९ मा झण्डै १०९ मिलियन युरो कमाएको एक सर्वेक्षणले देखाएको छ ।
पीएसजीका स्टार नेयमारले सन् २०१९ मा झण्डै १०५ मिलियन युरो कमाएर तेस्रो स्थानमा रहेका छन् भने म्यानचेस्टर युनाइटेडका पोग्वा ४४ औँ स्थानमा छन् । उनले ३३ मिलियन युरो कमाइ गरेको बताइएको छ । बार्सिलोनाका पूर्व खेलाडी इनिइस्टा सूचीको ४६ औँ स्थानमा रहेका छन् । उनले ३२ मिलियन युरो कमाइ गरेको सर्वेक्षणले देखाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार
Comments