काठमाडौं । इंग्ल्याण्डका क्रिकेटर एलेक्स हेल्समा कोभिड-१९ (कोरोना भाइरस) संक्रमणको लक्षण देखिएपछि उनी ‘सेल्फ आइसोलेसन’मा बसेका छन्। पाकिस्तान सुपर लिग (पिएसएल) छाडेर बीचमा नै घर फर्किएका हेल्समा लक्षण देखिएपछि नै पिएसएलका खेल स्थगित भएका थिए।
पाकिस्तान सुपर लिगले मंगलबार हुनुपर्ने सेमिफाइनल खेलहरु स्थगित गर्दै एक खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको थियो। कसलाई संक्रमण भएको हो भन्ने नखुलाए पनि त्यसैकारण प्रतियोगिता स्थगित गर्नुपरेको बताइएको थियो। जसले पहिले तय भएको खेल तालिकामा चार दिन छोट्याएर प्रतियोगिता गरिरहँदा पनि पूरा हुन पाएन। अब नयाँ तालिकामा खेल खेलाइने बताइए पनि कहिले हुने भन्ने यकिन छैन।
प्रकाशित मितिः २०७६ चैत्र ०५ बुधबार
Comments