एजेन्सी, १३ मंसिर । इङ्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड वेष्टहामसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युनाइटेडले वेष्टहामसँग १–१ को बराबरी खेलेर बराबरीमा रोकिएको हो ।
घरेलु मैदान ओल्ड टाफडमा भएको खेलमा वेष्टहामले दोस्रो मिनेटमा नै साखोको गोलबाट अग्रता लिएको थियो । २१ औं मिनेटमा जाल्टन इब्राहिमोभिचले युनाइटेडका लागि बराबरी गोल फर्काए ।
यस खेलमा मिडफिल्डर पाउल पोग्बालाई पहेँलो कार्ड देखाएको विषयमा असन्तुष्टि जाहेर गर्दै म्यानचेस्टरका प्रशिक्षक जोसे माउरिन्होले पानीको बोतलमा लात हानेका थिए । जसमा अनुशासनहीन काम गरेको भन्दै रेफ्री जोन मोसले उनलाई रातो कार्ड देखाएका थिए । माउरिन्होले यो महिना दुई वटा रातो कार्ड पाइसकेका छन् ।
वेष्टहामसँग अंक बाँडेपछि म्यानचेस्टर अंक तालिकामा शीर्ष स्थानमा रहेको चेल्सीभन्दा ११ अंकले पछि पर्न पुगेको छ । म्यानचेस्टर हाल लिगको छैटौं स्थानमा छ ।
म्यानचेष्टर युनाइटेड र वेष्टहामको खेल बराबरी
0
Share.
Comments