काठमाडौँ । ब्राजिलियन रोनाल्डिन्हो पाराग्वेको जेलमा छन् । पासपोर्ट दुरुपयोगको अभियोगमा उनी भाईसंगै पाराग्वेको हिरासत परेका हुन् ।
व्यवसायीक फुटबल करियरमा रोनाल्डिन्होले विश्वकप फुटबलदेखि च्याम्पियन्स लिग र ला लिगामा आफ्नो जादु छरेका छन् । उनै रोनाल्डिन्हाले पाराग्वेको जेलमा रहदा समेत गोल गर्ने कलालाई निरन्तरता दिए ।
जेलभित्र खेलिएको फुटसलमा रोनाल्डिन्होले पाँच गोल गरे । र ६ गोलका लागि अवसर सिर्जना गरिदिए । रोनाल्डिन्होको एकल प्रर्दशनमा जेलभित्र उनको टिमले ११-२ ले जित हासिल गर्यो ।
जेल भित्र भएको फुटसल प्रतिस्पर्धामा ब्राजिली लिजेण्डले टिमले गरेका सबै ११ गोलमा निर्णायक भूमिका खेले ।
रोनाल्डिन्हो पिचको छेउमा जेलभित्रका प्रहरीसंग कुराकानी गरिरहेका थिए । जब अन्य कैदी बन्दीले उनले देखे, तब आफुसंग सामेल हुन अनुरोध गरेका थिए ।
अन्तत फुटसल कोर्टमा उत्रिएका रोनाल्डोले टिमलाई जिताउन सफल भए ।
३९ बर्षका रोनाल्डिन्हो यात्राको क्रममा नक्कली पासपोर्ट बोकेको अभियोगमा जेलमा छन् ।
रोनाल्डिन्होले गरेको अपराधमाथि पाराग्वेको प्रहरीले अनुसन्धान गरिरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र २ आइतबार
Comments