काठमाडौँ । ब्राजिल तथा स्पेनिस क्लब रियल मड्रिडका खेलाडी मार्सेलो एक कारबाहीमा परेका छन् । बिना लाइसेन्स तीव्र गतिमा कार चलाएकोे भेटिएपछि उनलाई कारबाही गरिएकोे हो ।
भाल्डेबेबसको सडकमा तीव्र गतिमा कार चलाउँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसँग पर्याप्त कागजात नभेटिएपछि १ लाख यूरो जरिवाना गरेको बताइएको छ ।
अदालतको फैसलाअनुसार मार्सेलोले १० महिनासम्म ३५० यूरोका दरले रकम बुझाउनुपर्ने भएको छ । मार्सेलो बाहेक रियलका बेन्जिमा र रोड्रिगेजलाई पनि यसअघि तीव्र गतिमा कार चलाएको आरोपमा कारबाही गरिएकोे थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन ३० शुक्रबार
Comments