एजेन्सी, १२ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले बर्नलीमाथि संघर्षपूर्ण जित हात पारेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–१ को जित हात पारेको हो ।
घरेलु मैदानमा भएको खेलमा बर्नलीले १४ मिनेटमा नै अग्रता लिएको थियो । तर, जोगाउन सकेन । ३७ औं मिनेटमा एग्युरोले बराबरी गोल फर्काए । ६० औं मिनेटमा उनले नै दोस्रो गोल गरे । बर्नलीले लगातार गोलको प्रयास गरेपनि सफल हुन सकेन र हार व्यहोरेको छ ।
जितपछि म्यानचेष्टर सिटी १३ खेलबाट ३० अंकका सात शीर्ष स्थानमा छ भने १४ अंक जोडेको बर्नली १४ औं स्थानमा छ ।
बर्नलीमाथि सिटीको संघर्षपूर्ण जित
0
Share.
Comments