काठमाडौं । महावीर क्रिकेट क्लबले राजधानीमा जारी काठमाडौं जिल्ला सिनियर सेलेक्सन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा महावीर क्लबले न्यु भिजन क्लबलाई ७५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
महावीरले दिएको १९० रनको लक्ष्य पछएको न्यु भिजनले २३ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११४ बनायो । न्यु भिजनका लागि विनम क्षेत्रीले सर्वाधिक २३ रन जोडे त्यस्तै राम चौधरीले १९ रन बनाउँदा लोकेश रेग्मीले १८ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महावीर क्लबले निर्धारित २५ ओभरमा ७ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । महावीरका लागि जितेन्दर ठकुरीले सर्वाधिक ७८ रनको अर्धशतकीय पारी खले । त्यस्तै राम कुवरले ३५ रन बनाए ।
प्रकाशित मितिः २०७६ फागुन २८ बुधबार
Comments