काठमाडौं । टोटनह्याम च्याम्पियन्स लिग फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब आरबी लेईपजिगसँग ३–० ले पराजित हुँदै टोटनह्याम प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगको खेलमा लेईपजिगले १–० को अग्रता बनाएको थियो । समग्रमा ४–० को नतिजा सहित जलेईपजिग क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लेईपजिगका लागि मार्सेल सबित्जरले दुई तथा इमिल फोर्सवर्गले एक गोल गरे ।
खेलको १० औं मिनेटमा सबित्जरले गोल गर्दै घरेलु टोली लेईपजिगलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर बनाए । ८७ औं मिनेटमा इमिलले गोल गर्दै लाईपेजलाई ३–० को जित दिलाएका थिए ।
प्रकाशित मितिः २०७६ फागुन २८ बुधबार
Comments