काठमाडौं । पोखरामा जारी १८ औं संस्करणको आहा १ रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा अहिले त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले १-० गोलको अग्रता बनाएको छ ।
खेलको १४ औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन् ।
आज दुवै टिम जित निकाल्दै अन्तिम चारमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
साविक उपविजेता टिम आर्मी यस पटक भने उपाधि जित्ने लक्ष्यमा रहेको छ । अघिल्लो संस्करणमा आर्मी फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।
आर्मी र संकटाबीचको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रकाशित मितिः २०७६ फागुन २७ मंगलबार
Comments