काठमाडौँ । इङ्लिस क्लब टोटनहमका विंगर स्टेभेन बेर्गविजनले यस सिजनको बाँकी खेल गुमाउने भएका छन् ।
एन्कलको चोट बोकेका स्टेभेनले यस सिजन आराम गर्नु पर्ने भएको छ ।
टोटनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले उनले यस सिजन खेल्न सक्नेमा दुविधा रहेको ।
स्टेभेनले यस सिजन खेल्न सक्नेमा म विश्वस्त छैन । यस खाले चोटको बारेमा मलाई धेरै जानकारी छैन, उनले बताए ।
२२ वर्षे स्टेभेनले शनिबार बर्नलीसँगको खेलमा चोट बोकेका थिए । जुन खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
स्टेभेनले चोट बोकेपछि टोटनहमलाई थप समस्या देखिएको छ । उसका कप्तान ह्यारी केन र मुख्य खेलाडी सन ह्युङ मिन चोटका कारण मैदान बाहिर रहेका छन् ।
डच विंगर स्टेभेन जनवरीमा टोटनहम आएका थिए । यस सिजन उनले ७ खेलमा २ गोल गरेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन २७ मंगलबार
Comments