काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले एस्टन भिल्ला पराजित गरेको छ । सोमबार राति भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४–० ले पराजित गरेको हो ।
लेस्टरका लागि हार्बी बार्नेस र जेमी भार्डीले दुई दुई गोल गरे । भिल्ला पार्कमा भएको खेलको ४० औं मिनेटमा हार्बीले गोल गर्दै घरेलु टोली लेस्टरलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा पेनाल्टीमार्फत भार्डीले गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए ।
७९ औं मिनेटमा भार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै लेस्टरलाई ३–० ले अघि बढाएका थिए । हार्बीले ८५ औं मिनेटमा गोल गर्दै लेस्टरलाई सहज जित दिलाए । जितसँगै लेस्टर ५३ अंक सहित तेस्रो स्थानमा छ । एस्टन भिल्ला २५ अंक सहित १९ औं स्थानमा छ ।
प्रकाशित मितिः २०७६ फागुन २७ मंगलबार
Comments