काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा झापा-११ लाई १-० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।
मनाङको जितमा अन्जन बिष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा अन्जनले निर्णायक गोल गरेका हुन् ।
आहा ! रारा गोल्डकपको यो २०० औं खेल समेत हो ।
अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ ।
मनाङ सेमिफाइनलमा पुग्ने दोस्रो टिम हो । यस अघि आयोजक सहारा क्लबलाई नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रकाशित मितिः२०७६ फागुन २५ आइतबार
Comments