काठमाडौं । पूर्व पाकिस्तानी क्रिकेटर तथा प्रशिक्षक शक्लेन मुस्ताक प्रशिक्षकको रुपमा नेपाल आउने भएका छन् ।
वाइवाइ ग्रेट हिमालयन क्रिकेट एकेडेमीको निमन्त्रणामा मुस्ताक नेपाल आउन लागेका हुन् । पाकिस्तानी क्रिकेटर तथा प्रशिक्षक शक्लेन मुस्ताक
एकेडेमीका संचालक सुदिप शर्माले मुस्ताक एकेडेमीका खेलाडीलाई प्रशिक्षण दिन नेपाल आउन लागेको जनाएका छन् । मुस्तक आगामी १४ देखि २१ अप्रिलसम्म नेपालमा रहने छन् ।
नेपालमा मुस्ताकले ग्रेट हिमालयन क्रिकेट एकेडेमीका खेलाडीहरुलाई प्रशिक्षण दिने छन् ।
मास्टरक्लास विथ शक्लेन मुस्ताकु नाम दिइएको एक हप्ते प्रशिक्षणमा खेलाडीलाई ब्याटिङ र बलिङको प्रशिक्षण दिईने छ ।
मुस्ताकले पाकिस्तानको राष्ट्रिय टिमबाट १९९५ देखि २००५ सम्म क्रिकेट खेलेका थिए । उनले ४९ टेस्ट र १६९ एकदिवसीय एकदिवसीय खेल खेलेका छन्। जसमा उनले टेस्टमा २ सय ८ र एकदिवसीयमा २ सय ८८ विकेट लिन सफल छन् ।
क्रिकेटबाट सन्यास लिए उनले विभिन्न टेष्ट राष्ट्रको प्रशिक्षकको रुपमा काम गरेको अनुभब रहेको छ । उनले इंग्ल्याण्ड, न्युजिल्याण्ड, वेष्ट इण्डिज, अष्ट्रेलिया, पाकिस्तान, बंगलादेश जस्तो ठुला राष्ट्रको बलिङ प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
यस्तै मुस्ताकलाई स्पिन बलिङको एक कला दुस्रा को जन्मदाताको रुपमा लिने गरिन्छ । उनी आफ्नो समयको भेट्रान स्पिनर हुन् ।
प्रकाशित मितिः२०७६ फागुन २५ आइतबार
Comments