सागबाट प्रप्ता पुरस्कार रकम सिधै खेलाडीको खातामा

0

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरस्कार रकम सरकारले सिधै खेलाडीको बैंक खातामा पठाउने भएको छ ।

फागुन १२ गते मन्त्रीपरिषदबाट संशोधित कार्यविधि अनुसार खेलाडीको पुरस्कार रकम सिधै बैंक खातामा जाने भएको हो ।

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक बिशेष कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री केपी ओलीको हातबाट पुरस्कार रकम हस्तान्तरणको योजना बनाएका थिए ।

तर विश्वमा फैलदो कोरोना भाईरस र प्रधामन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सरकारले खेलाडीको रकम तत्काल बैंक खातामा पठाउने भएको हो ।

‘केही दिनमा पुरस्कार रकम खेलाडीको बैंक खातामा जान्छ ।’ राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलपाटीसंग भने, ‘रकम अर्थ मन्त्रालयबाट निकासा भएर आईसकेको छ । रकम यथाशिघ्र खातामा जान्छ, सम्मानको कार्यक्रम पछाडी हुन्छ ।’

उपाध्यक्ष तिम्सिनाले चाँडै पुरस्कार रकम दिने योजना भएपनि प्रक्रियाले गर्दा केही ढिलाई भएको बताए ।

‘प्रक्रियाले केही ढिलाई भयो । परिषद्, युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रीपरिषदबाट पारित हुन समय लाग्यो ।’ उनले बताए ।

खेलकुद मन्त्रालय र राखेपले फागुन महिना भित्र खेलाडीको पुरस्कार रकम दिने बताएका थिए ।

तर कोरोना भाईरसको प्रभाव घरेलु खेलकुदमा समेत देखिएको छ । सोही अनुसार मन्त्रालय र परिषद्ले अनिश्चितकालिन भिडभाड हुने खेलकुदका कार्यक्रम रोक्न निर्देशन जारी गरेको छ ।
पछिल्लो निर्देशनसंगै यसै महिनाभित्र खेलाडीलाई दिने भनिएको पुरस्कार रकममा समेत अन्यौलता बढेको थियो ।

कोरोनाका कारण अन्य कार्यक्रम स्थगित भएपनि पुरस्कार रकम भने खेलाडीको खातामा तत्काल राखिदिने राखेपको तयारी छ ।

‘विपतको अवस्था छ । भेला, कार्यक्रम नगर्ने सरकारको नीति छ । कार्यक्रम गरेर रकम हातमा हस्तान्तरण गर्ने अवस्था छैन ।’ तिम्सिनाले भने, ‘नागरिकता र एकाउन्ट संकलन गरिरहेका छौ । सोही आधारमा सम्बन्धित खेलाडीको बैंक एकाउन्टमा रकम पठाउँछौ ।’

गत मंसिरमा सम्पन्न सागको पुरस्कार रकम हस्तन्तरणमा सरकारले ढिलाई गर्दै आएको छ । साग सकिएको भोलीपल्टै (मंसिर २५) गते बालुवाटारमा कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री ओलीले पुरस्कार रकम घोषणा गरेका थिए ।

उनले व्यक्तिगत स्पर्धाका स्वर्ण पदक विजेतालाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने सरकारको घोषणा गरेको थियो ।

प्रधामन्त्रीले टिम ईभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई ५ लाख दिने बताएपनि अन्य पुरस्कार रकमको घोषणा गरेका थिएनन् ।

तर संशोधित कार्यविधि अनुसार टिम ईभेन्ट्का स्वर्णधारी खेलाडीले ६ लाख पाउने भएका छन् । यस्तै, रजतले ४ र कास्य जित्नेले २ लाख रुपैया पाउने भएका छन् ।

कार्यविधिले सागका मुख्य प्रशिक्षक र सहयाक प्रशिक्षकको समेत पुरस्कार रकमको टुङ्गो लगाएको छ ।

स्वर्ण जिताउने मुख्य प्रशिक्षकलाई ५ लाख, रजतलाई ३ र कास्यलाई २ लाख रकम दिने सरकारले निर्णय लिएको छ । यस्तै, सहायक प्रशिक्षकमा स्वर्ण विजेतालाई ३ लाख, रजतलाई २ लाख र कास्यलाई १ लाख दिने कार्यविधिमा उल्लेख छ ।

प्रकाशित मितिः२०७६ फागुन २४ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション