काठमाडौं । कोरोना भाइरसको संक्रमण विस्तारमा सावधानी अपनाउने प्रयासस्वरुप गणेशमान स्मृति बक्सिङ प्रतियोगिताका बाँकी खेलहरु स्थगित भएका छन्।
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले बिहीबार कोरोना भाइरसको संक्रमण विस्तार हुने सम्भावनामा सावधानी अपनाउने प्रयासका लागि ठूलो जमघट हुने सबैखाले खेलकुद गतिविधि तत्कालका लागि रोक्न निर्देशन जारी गरेको थियो।
परिषदको निर्देशन आएपछि चैत १८ देखि २२ सम्म काठमाडौंमा हुने प्रतियोगितासहित त्यसका लागि हुन लागेको विभिन्न प्रदेशका छनोट प्रतियोगिता पनि तत्कालका लागि स्थगित भएका छन्।
प्रकाशित मितिः२०७६ फागुन २३ शुक्रबार
Comments