काठमाडौं । न्यूजिल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारत सात विकेटले पराजित भएको छ । यो जितसँगै न्यूजिल्याण्डले टेस्ट शृङ्खला २–० ले आफ्नो पक्षमा पारेको छ ।
क्राइस्टचर्चको हेगली ओवर स्टेडियममा भएको टेस्टको तेस्रो दिनमै भारत पराजित भएको हो । भारतीय टिम दोस्रो पारीमा मात्रै १२४ रनमा समेटियो । न्यूजिल्याण्डले जितका लागि १३२ रन बनाउनु पर्ने थियो । यो सहज लक्ष्य न्यूजिल्याण्डले तीन विकेटको क्षतिमा मात्रै ३६ ओभरमा पूरा गरेको हो ।
पहिलो पारीमा भारतले २४२ रनले बनाएको थियो । न्यूजिल्याण्डले पहिलो पारीमा २३५ रन मात्रै बनाउन सक्यो । दोस्रो पारमिा भने भारतले राम्रो गर्न सकेन । पहिलो टेस्टमा भारत १० विकेटले पराजित भएको थियो ।
दोस्रो टेस्टको हारसँगै भारतको न्यूजिल्याण्ड यात्रा सकिएको छ । न्यूजिल्याण्डसँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खलामा भारतले ५–० ले जित निकालेको थियो । त्यसपछि भएको एक दिवसीय क्रिकेटमा भारत ३–० ले पराजित भएको थियो ।
प्रकाशित मितिः २०७६ फाल्गुन १९ सोमबार
Comments