काठमाडौं । टोकियो ओलम्पिक छनोटमा नेपालबाट करातेमा दुई जना खेलाडी सहभागी हुने भएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता पुरष तर्फ नविन रसाइली र महिलातर्फ अनु अधिकारीले ओलम्पिक छनोट खेल्नेछन् ।
अनुले ५० केजी मुनिको तौल समूहमा र नविन ६७ केजी तौल समूह मुनीको क्याटागोरिमा खेल्नेछन् । ओलम्पिक छनोट मे ८ देखि १० सम्म फ्रान्समा हुनेछ । नविन र अनुको नाम वाइल्ड कार्ड इन्ट्रीमा पनि सिफारिस गरिएको छ ।
उनीहरुसहित नेपाली राष्ट्रिय कराते टोलीको बन्द प्रशिक्षण आजबाट शुरु भएको छ । नविन र अनुले ओलम्पिक छनोटका लागि तयारी गरेपनि अन्य खेलाडीहरु भने अन्य कुनै प्रतियोगिता भए त्यसमा जाने गरि नियमित तयारीमा रहेको प्रशिक्षक दिपक श्रेष्ठले बताए ।
प्रकाशित मितिः २०७६ फाल्गुन १९ सोमबार
Comments