काठमाडौं । आयरल्यान्डका केभिन ओ ब्रायनले काठमाडौं किंग्स इलाभेनबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । टेस्ट राष्ट्र आयरल्यान्डका खेलाडी केभिनले अघिल्लो सिजन पनि काठमाडौंबाट ईपीएल खेलेका थिए ।
काठमाडौंले मंगलबार विज्ञप्ति निकाल्दै केभिनलाई यो सिजनका लागि क्लबमा अनुबन्ध गरेको बताएको हो । काठमाडौंले उनलाई पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । केभिनले गत संस्करणको ईपीएलमा ७ खेल खेल्दै ९ विकेट हात पारेका थिए ।
यस्तै ब्याटिङतर्फ प्रतियोगिता भर १८४ रन बनाएका थिए । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।
प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार
Comments