काठमाडौं । भक्तपुरः १३ औं दक्षिण एसियाली खेलकुद साग मा पदक विजेतालाई भक्तपुरमा सम्मान गरिएको छ ।भक्तपुरबाट साग खेलमा सहभागी भई पदक विजयी खेलाडीलाई नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुर र संवाहक मिडिया हाउसले ताम्रपत्र सहित सम्मान गरेको हो ।
भक्तपुरमा आयोजित कार्यक्रममा सागमा पदक विजेता ११ खेलाडी दुई प्रशिक्षक, एक ब्यवस्थापक सहित ३९ निर्णायकलाई सम्मान गरिएको हो ।
साग खेलमा दुई स्वण सहित करातेबाट प्रतिनिधित्व गर्ने मण्डेकाजी श्रेष्ठ, उसुमा स्वर्ण विजेता सुस्मिता तामाङ, यस्तै तेक्वान्दोमा स्वर्ण विजेता काजोल श्रेष्ठ, यस्तै टेवलटेनिसमा रजत विजेता शिव शुन्दर गोठे, ह्याडबलकी देवकुमारी बास्कोटा कबड्डीबाट विजेता इन्दिरा गिरी यस्तै रजत पदक विजेता खेलाडीहरुमा भारोत्तोलनबाट लक्ष्मी वन, जुडोबाट श्रीराम कामजु, बास्केटबलबाट विकल जोशी, तेक्वाडोबाट ज्ञानेन्द्र हमाल र खो खो खेलबाट कास्य पदक विजेता श्याम बुढाथोकीलाई सम्मान गरिएको थियो ।
यस्तै सम्मान कार्यक्रममा प्रशिक्षकहरु राधिका देउला र मोहन प्रसाद बासुकला र ब्यवस्थापक सुन्दर प्रजापतिलाई पनि सम्मान गरिएको थियो । यस्तै विभिन्न खेलहरुमा प्रशिक्षकको भूमिका निभाएका ३९ निर्णायकहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व उद्योग मन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सम्मान गरेका थिए ।
प्रकाशित मितिः २०७६ फाल्गुन १० शनिबार
Comments