गुल्मी । गुल्मीमा नेपाली सेनाले आफ्नो स्थापना दिवस मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेर मनाएको छ । गुल्मीमा वीरभद्र जंग गुल्मले दिवससका अवसरमा राष्ट्र सेवक कर्मचारी र जिल्लावासीबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरेरको हो ।
जिल्ला सदरमुकाम तम्घासको चिदिचौरमा भएको मैत्रीपूर्ण फुटवल खेलमा राष्ट्र सेवक कर्मचारीबाट प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलासहित कर्मचारीहरु सहभागी थिए । जिल्लावासीको टिमबाट स्थानीय युवाहरको सहभागिता रहेको थियो । मैत्रीपूर्ण खेलमा जिल्लावासीको टिम प्रथम भयो ।
प्रथम हुने टिमले रनिङ्ग शिल्ड प्रमाणपत्र पाएको छ । नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । नेपाली सेना र स्थानीय नागरिकबीच सम्बन्ध नजिक होस भन्ने उदेश्यले मैत्रीपूर्ण खेल राखिएको वीरभद्र जंग गुल्मका गुल्मपति सेनानी रवीन्द्र महर्जनले जानकारी दिए ।
यो वर्षदेखि प्रत्येक शिबरात्रीमा मैत्रीपूर्ण खेल सञ्चालन हुने महर्जनले बताए । खेलबाट मित्रता, अनुशासन र देशविकासमा प्रेरित गरोस भनेर पनि खेलकुदको आयोजना गरिएको सेनानी महर्जनले जानकारी दिए ।
मैत्रीपूर्ण फुटवल खेलमा प्रथम हुने टिमलाई रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र सेनानी रवीन्द्र महर्जनले शिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरेका थिए ।
प्रकाशित मितिः २०७६ फाल्गुन ०९ शुक्रबार
Comments