काठमाडौं । इटालियन सिरी ए फुटबलमा एटलान्टाले रोमालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा एटलान्टाले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर एटलान्टाले जित निकालेको हो । खेलको ४५ औं मिनेटमा इडीन डेज्कोले गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५० औं मिनेटमा जोसे लुइसले गोल गर्दै एटलान्टालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा मारियो पासलिकले गोल गर्दै एटलान्टालाई २-१ को जित दिलाए । जितसँगै एटलान्टाले २५ खेलमा ४५ अंक जोडेको छ । एटलान्टा चौंथो स्थानमा रहेको छ । ३९ अंक जोडेको रोमा पाँचौं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन ४ आइतबार
Comments