काठमाडौं । फाबियान रुइजले गरेको शानदार गोलमा नेपोलीले गएराति इन्टर मिलानविरुद्ध सम्पन्न कोपा इटालिया सेमिफाइनलको पहिलो लेगमा १-० को महत्वपूर्ण जित हासिल गरेको छ।
स्पेनिस अन्तर्राष्ट्रिय मिडफिल्डर रुइजले विपक्षीको सान सिएरो मैदानमा नेपोलीका लागि ५७औं मिनेटमा गोल गरेका थिए। गोलका लागि रुइजले जियोभानी डी लोरेन्जोको पास उपयोग गरेका थिए।
डर्बी खेलमा एसी मिलानमाथि जित हासिल गरेको तीन दिनपछि नेपोलीलाई घरेलु मैदानमा निम्त्याउँदा एन्टोनियो कोन्टेको टोलीमा स्वभाविक उर्जा र रचनात्मक प्रदर्शनको अभाव देखिन्थ्यो। आइतबार लाजियोसँग इटालियन सिरी ‘ए’ को खेल खेल्ने तयारीमा रहँदा भोगेको यो हार निराशाजनक भएको कोन्टेले बताए।
प्रकाशित मितिः २०७६ फागुन ०१ बिहीबार
Comments