काठमाडौँ । आशिष लामाको दुई गोलमा विभागीय टोली एपीएफले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ । आइतबार भएको खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स भएको खेलमा एपीएफलाई जित दिलाउन आशिष लामा र प्रविन स्याङतेनले दुई–दुई गोल गरे । यस्तै कप्तान टोप बहादुर बिष्टले थप एक गोल गरे । फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे ।
जितसँगै एपीएफले १२ खेलमा ८ अंक जोडेको छ । एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स १२ खेलमा १४ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ । अब एपीएफलाई रेलिगेसनको चिन्ता भने केही कम भएको छ । उता पुछारको सरस्वतीलाई भने रेलिगेसनको डर छ । सरस्वती ११ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ ।
प्रकाशित मितिः २०७६ माघ २७ सोमबार
Comments