काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्कम एकदिवसीय सिरिजमा ओमानविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १९८ रनमो लक्ष्य पछएको नेपालले ओपनरमा आएका कप्तान ज्ञानेन्द्र मल्ला र पारस खड्कालाई सुरुआती समयमै गुमाएको थियो ।
कप्तान ज्ञानेन्द्र १ रन बनाएर आउट भए भने पारसले ३ रन बनाए । नेपालका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्र सिंह ऐरी आउट भएका छन् । उनी २१ ओभरको तेस्रो बलमा मोहमद मदिमको बलमा एलबीडब्लु आउट भएका हुन् ।
दीपेन्द्रले ३६ रन बनाएर आउट भएका हुन् । नेपालका शरद भेषवाकरले भने २४ रनमा खेलि रहेका छन् । २१ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ६७ रन बनाउको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९७ रन बनाएको थियो ।
प्रकाशित मितिः २०७६ माघ २२ बुधबार
Comments