काठमाडौँ । स्टार सिटी युवा क्लब र पिएफए अत्तरिया फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
धनगढी रंगशालामा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा स्टार सिटीले कैलारी युथ युनाईटेडलाई ७-० को फराकिलो अन्तरले हरायो । स्टार सिटीको जितमा विक्रम सिंहले दोहोरो ह्याट्रिक गरे । यस्तै स्टार सिटीका चेतन कठायतले एक गोल थपे ।
दोस्रो क्वाटरफाइनलमा अत्तरियाले नवोवुद्ध युवा क्लबलाई २-१ ले हरायो । पिएफएका लागि अजित गुरुङ र अजित तामाङले एक एक गोल गरे । नवोवुद्धका लागि राजकुमार तामाङले एक गोल फर्काए ।
फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुनेछन् ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५-१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रकाशित मितिः २०७६ माघ २२ बुधबार
Comments