काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले १५ अंकको अग्रता कायम गरेको छ । मंगलबार भएको खेलमा नान्टमाथि २–१ को कठिन जित हात पारेपछि लिगमा पिएसजीको अन्तर १५ अंकको भएको हो ।
पीएसजीका लागि मौरो ईकार्डी र थिलो केहरले एक एक गोल गरे । नान्टका मोसिस सिमोनले एक गोल गरे ।
खेलको २९ औं मिनेटमा ईकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ५७ औं मिनेटमा केहरले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ६८ औं मिनेटमा नान्टका सिमोनले गोल गर्दै खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी २–१ ले विजयी हुन सफल भयो ।
पीएसजीले २३ खेलबाट ५८ अंक जोडेको छ ।एक खेल कम खेलेको दोस्रो स्थानको मार्सेलीको ४३ अंक छ । नान्ट ३२ अंक सहित तालिकाको दशौं स्थानमा छ ।
प्रकाशित मितिः २०७६ माघ २२ बुधबार
Comments