काठमाडौँ । नवोबृद्ध युवा क्लब र नवदुर्गा युवा क्लब ले फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
धनगढी रंगशालामा सोमबार नवोवुद्धले सुदुरपश्चिम फुटबल एकेडेमीलाई ३-० ले हरायो । नवोवृद्धका लागि तिर्थ चौधरी , रमेश तामाङ र नवीन चौधरीले एक एक गोल गरे ।
यस्तै दोस्रो खेलमा नवदुर्गाले गौरीगंगा-११ लाई ४-० को अन्तरले हरायो । नवदुर्गाका लागि चक्र क्षेत्री, शंकर राई ,नरेन्द्र साव र पुरन भण्डारीले एक एक गोल गरे ।
फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा मंगलबारवाट क्वाटरफाइनलको खेलहरु सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५-१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रकाशित मितिः २०७६ माघ २१ मंगलबार
Comments