काठमाडौं । बंगलादेशमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
नेपाल भलिबल संघले च्याम्पियनसिपका लागि १८ सदस्सीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।
संघले घोषणा गरेको टिममा १३ औं दक्षिण एसियाली खेलकुदको टिममा रहेका १३ खेलाडी रहेका छन् । त्यसबाहेक पाँच खेलाडी साग टिम बाहिर रहेका खेलाडी छन् ।
साग टिम बाहिर रहेका मध्ये मान बहादुर श्रेष्ठ, राजु शेरचन, दिपक राज जोशी, नरेन्द्र गिरि र दुर्गा महतो टिममा परेका छन् । मान चोटको कारण प्रशिक्षणमा रहेका छैनन् ।
प्रारम्भिक टिममा डाकिएको खेलाडीमध्ये राजु शेरचन भने नेपाल बाहिर रहेका छन् । राजु अष्ट्रेलिया गएका छन् ।
यस्तै नरेन्द्र गिरि शान्तिसेनाको मिसनका लागि जाने तयारीमा रहेका छन् ।
बंगलादेशमा आयोजना हुने एभिसी सेन्ट्रल जोन चैतको पहिलो साताबाट हुनेछ । नेपालले प्रतियोगिताको लागि शुक्रबारबाट बन्द प्रशिक्षण समेत थालेको छ ।
प्रारम्भिक टिम :
ईम राना (कप्तान), राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा,टेकराज अवस्थी,हरी अधिकारी,दुर्गा खड्का,द्वारिका थापा,ईश्वर थापा मगर,विनोद चन्द,विशाल विक,शरण सम्री क्षेत्री,कुलबहादुर थापा, राजु शेरचन, दुर्गा महतो,दिपक राज, दिपक राज जोशी, नरेन्द्र गिरि
प्रकाशित मितिः २०७६ माघ २१ मंगलबार
Comments